काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै १३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १७ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार १५ दशमलव ९८ बिन्दुमा बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३६ अंकले उकालो लागेर तीन सय ८५ दशमलव ९८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७७ वटा कम्पनीहरुको ३४ हजार पाँच सय आठ पटकको कारोबारमा ६० लाख ३१ हजार तीन सय ५६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।