मंगलबार बस्ने भनेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सर्वदलिय बैठक सरेको छ । सोमबार राति बसेको बैठकले मंगलबार बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रुप दिने सहमति जुटेको थियो ।

मंगलबार एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक बुधबारका लागि सारिएको छ ।