काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले यही भदौ पाँच गते अर्थात् मंगलबारबाट साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी एक सय १६ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ५८ लाख नौ हजार सात सय रुपैयाँ बराबरको आठ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही भदौ पाँच गतेबाट सुरु भई छिटोमा भदौ आठ गते र ढिलोमा भदौ १९ गतेसम्म कायम रहने छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।