काठमाडौं । सेयर बजारमा पुरै हरियाली छाएको छ । अघिल्लो दिन १७ दशमलव ६९ अंकले उकालो लागेको सेयर बजार परिसुचक (नेप्से) साताको चौंथो कारोबार कारोबार दिन आज बुधबार पनि २९ दशमलव ४७ अंकले उकालो लागेर दुई हजार ४५ दशमलव ४५ बिन्दुमा उक्लिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३० अंकले उकालो लागेर तीन सय ९० दशमलव २८ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४४ हजार तीन सय ४० पटकको कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौं सय ८४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।