कञ्चनपुर । बिहीबार गौरा पर्वको शुभकामना सन्देश जारी गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताएका छन् ।
उनले नेपालभर र विश्वभरि छरिएर रहेका प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । गौरा पर्व प्रदेशभर भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । गौरा पर्वका अवसरमा प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ ।
महिलाले गौरा पर्वमा निराहार रही घरघरमा तामा वा पित्तलको भाँडोमा बिरुडा भिजाउने, धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाले शिव पार्वतीको पूजाआजा गरी अष्टमीको दिनलाई विशेष श्रद्धाभक्तिका साथ मनाउने गर्दछन् ।