काठमाडौं, वैशाख १९ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ५१ लाख ४२ हजार सात सय ४६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड सात लाख ४७ हजार पाँच सय १६ रूपैयाँ रहेको थियो । चुुक्ता पुँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी नौ रूपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रूपैयाँ ९८ पैसा रहेको छ ।