काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ४० करोड ५२ लाख ४९ हजार नौ सय ८८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ८१ करोड १९ लाख सात सय ६६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १९ करोड २० लाख ३४ हजार दुई सय रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा १० अर्ब तीन करोड १७ लाख ९४ हजार दुई सय रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ७९ करोड ९१ लाख २५ हजार पाँच सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४९ करोड ३० लाख ३२ हजार तीन सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २६ करोड ३२ लाख ६६ हजार आठ सय १७ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ५५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले नौ अर्ब ५४ करोड ६६ लाख ९१ हजार तीन सय ७१ रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४२ करोड तीन लाख ७६ हजार सात सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६४ करोड १३ लाख ९९ हजार एक सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।