काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ । यही भदौ आठ गतेदेखि भदौ १२ गते पाँच दिनसम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आईएमई पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा एसिया कपको प्रोमो कोडको प्रयोग गरी एक सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
साथै, यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिसहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्ने बताइएको छ । यो अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको आईएमई पेका सीईओ प्रवीण रेग्मीले बताए ।