काठमाडौं । मल्टीपर्पस फाइनान्सले लिमिटेडले हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीको आइतबारबाट हाल कायम रहेको चुक्ता पुँजीको ३५ प्रतिशत अर्थात् एक बराबर शून्य दशमलव ३५ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन एवम् बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको फाइनान्सको हकप्रद सेयर खरिदको लागि यही भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल फाइनान्सको चुक्ता पुँजी ४२ करोड ४५ लाख रुपैयाँ रहेको बताइएको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने फाइनान्सको चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ बताइएको छ ।