काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दघाट, नवलपरासीस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आइतबार दुई थान एयर कन्डिस्नर हस्तान्तरण गरेको छ । उक्त एयर कन्डिस्नर सामुदायिक विकास र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो ।
बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले दिव्य ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष श्री पुन्यप्रसाद पौडेललाई उक्त एयर कन्डिस्नर हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुसाल तथा अन्य कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जाहेर गरेको छ ।