काठमाडौं । सेयर बजार परिसुच पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव शुन्य नौं अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पाँच दशमलव शुन्य पाँच अंकले ओरालो लागेर एक हजार नौं सय ९३ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७१ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ८५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७८ वटा कम्पनीहरुको २९ हजार छ सय ४० पटक सेयर किनबेच भएको छ । जसबाट ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबरा रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिभटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने लगानी, निर्जीवन बीमा, सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेका छन् ।