काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।
कम्पनीको हालको पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ९० रुपैयाँ ५० पैसाको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य बराबरको १० कित्ता सेयरको ६ः६ को अनुपातमा ९६ लाख ३१ हजार दुई सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।