काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको ‘एभरेस्ट ओल्ड होटेल अर्घाखाँची प्रालि’ र ‘छाया अस्पताल प्रालि’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
यस व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले एभरेस्ट ओल्ड होटेल अर्घाखाँचीको एकोमोडेसन एण्ड फुडमा विशेष १० प्र्रतिशतसम्म र छाया अस्पताल प्रालिको विभिन्न सेवाजस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपीडी, ल्याब टेस्टमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्सजम्मा तथा मिस्डकल बैंकिङ आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।