काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीको समेत उपस्थिति रहेको थियो ।
बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २७ वटा शाखा सञ्जाल, तीन वटा एक्सटेन्सन काउण्टर, सात वटा प्रादेशिक कार्यालय, एक सय ६२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।