जर्मनी । जर्मनीको वार्षिक मुद्रास्फीति छ प्रतिशतभन्दा माथि नै कायम भएको छ । उपभोक्ता मूल्य सूचकांक (सीपीआई)द्वारा मापन गरिएकोे वार्षिक मुद्रास्फीति अगस्टमा छ दशमलव एक प्रतिशत पुगेको संघीय तथ्यांक कार्यालयले जनाएको छ । यो जुलाइमा भन्दा शून्य दशमलव एक प्रतिशत विन्दुले कम हो । जुलाइमा जर्मनीको मुद्रास्फीति छ दशमलव दुई प्रतिशत थियो ।
जर्मनीमा अगस्टमा मूल्यवृद्धि छ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको थियो । युक्रेनमा रुसको आक्रमणपछि बढेको ऊर्जाको मूल्यले जर्मनीमा उपभोक्ता मूल्यहरू बढेको थियो । जब ऊर्जाको मूल्य उच्चतम विन्दुबाट घट्न थाल्यो त्यसपछि सेवा लागत र खाद्यान्नको मूल्यले मुद्रास्फीतिमा ‘फिड’ गरिरहेको छ ।
युरोपियन सेन्ट्रल बैंकले ‘रेड–हट’ मुद्रास्फीतिलाई कम गर्न सन् २००१ पछिको उच्चतम स्तरमा ब्याजदर बढाएको छ । ईसीबीका अध्यक्ष क्रिस्टिन लागार्डले आक्रामक दरलाई रोक्न सकिने संकेत गरेका छन् ।