काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफामा सुधार देखिएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा एक करोड ८५ लाख १४ हजार एक सय ५४ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ३७ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा एक अर्ब २५ करोड ६१ लाख ९४ हजार नौ सय २९ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १४ करोड ४३ हजार ४९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ८३ लाख ९४ हजार छ सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ७८ करोड ६३ लाख ६० हजार सात सय ७१ रुपैयाँ निक्षेप संकलन गरी ९४ करोड नौ लाख एक हजार आठ सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६१ लाख ५८ हजार एक सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २० प्रतिशत रहेको थियो ।