काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड ३६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड ४२ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब आठ करोड ६५ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९२ करोड ८३ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ८२ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६१ लाख ८१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १७ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा संस्थाले एक अर्ब तीन करोड ७० लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ५९ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २६ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७६ प्रतिशत रहेको थियो ।