काठमाडौं । किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा जावलाखेलमा प्रदर्शन गरेको छ ।
उनीहरू ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, प्रदेशको नाम ‘कोशी’ खारेज गर, नो कोशी, प्रदेशको नाम कोशी मान्दैनौ, प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुनस् नामकरण गर लगायतका नारा ब्यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले किरात(लिम्बुवान)सगरमाथा नाम प्रस्ताव गरेका थिए भने नेपाली कांग्रेस‚ नेकपा (एमाले)‚ राप्रपाले कोशी नाममा मतदान गरेका थिए।