काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नैं सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । बजार परिसुचक २९ दशमलव ८१ अंकले ओरालो लागेर एक १९ सय ६० दशमलव ७८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य नौं अंकले ओरालो लागेर तीन सय ७६ दशमलव ६१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुइ सय ७६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ३७ हजार ४१ पटकको कारोबारमा ४० लाख ५३ हजार तीन सय ६८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर किनबेच भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।