काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख फाइनान्सियल अफिसरमा एमडी यासिर अरफिन नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका यासिर यसअघि बैंकको बंगलादेश शाखामा कार्यरत थिए । यासिरसँग बैंक अफ ढाका, बेसिक बैंक ढाकालगायतमा काम गरेको अनुभव छ ।