काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृङ्गार, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
सम्झौताअनुसार नवजीवन अस्पताल जनकपुरको सेवाहरूमा १५ प्रतिशत, फार्मेसीमा सात प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत र एकीकृत हेल्थ प्याकेजमा दुई हजार रुपैयाँसम्म छुट पाइने छ । यसैगरी क्राउन कलेक्सन हेटौँडाको महिलाको कपडामा १० प्रतिशत, न्यु बिजी बिन्स भैरहवाको फुड र पेय पदार्थमा १० प्रतिशत, मनहरी हेयर एण्ड ब्युटी युनिसेक्स सैलुन मकवानपुरका सेवामा १० प्रतिशत र हुक हस्पिट्यालिटी कोटेश्वर काठमाडौंको खाना र पेय पर्दाथमा १० प्रतिशत छुट पाइने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।