काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन सात दशमलव शुन्य चार अंकले उकालो लागेको नेप्से सुचकांक आज मंगलबार छ दशमलव ४५ अंकले ओरालो लागेर १९ सय ६१ दशमलव ३७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ७७ दशमलव २४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७७ वटा कम्पनीहरुको २५ हजार दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २४ लाख ८० हजार नौं सय २९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ७९ करोड ६८ लाख ७० हजार चार सय आठ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा उत्पादनमुल र ट्रेडिङ उपसमुहहरुको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक ओरालो लागेका छन् ।