काठमाडौं,बैशाख २१
वीरगन्जमा र बाँकेको नेपालगञ्जमा गरि एकै दिन १० जनामा (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यसैगरि आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित पुरुष थपिएका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पताल स्रातले जनाएका छन् । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।