चीन । चीनले चिप उद्योगलाई बढवा दिन ४० अर्ब डलर (तीन सय बिलियन युअआन)को राज्य कोष स्थापना गर्ने भएको छ । चीनले अमेरिका र अन्य प्रतिद्वन्द्वीहरुसँग प्रतिस्पर्धा गर्न सो कोष निर्माण गर्ने घोषणा गरेको हो । यो बिग फन्ड भनिने चाइना इन्टिग्रेटेड सर्किट इन्भेष्टमेन्ट फन्डद्वारा सुरु गरिएको तीन कोषमध्ये सबैभन्दा ठूलो हुने बताइएको छ ।
यो कोष सन् २०१४ र २०१९मा बनाइएको दुई कोषभन्दा ठूलो छ । सरकारी रिपोर्टअनुसार सन् २०१४ मा एक सय ३८ दशमलव ७० बिलियन युआन र २०१९मा दुई सय बिलियन युआनको कोष निर्माण गरिएको थियो । लगानीको प्रमुख क्षेत्रमध्येको एक चिप उत्पादनका लागि कोष निर्माण गरिएकोे बताइएको छ ।
चिनियाँ राष्ट्रपछि सी चीनपिङले लामो समयदेखि सेमिकन्डक्टरमा आत्मनिर्भरता हासिल गर्नु चीनको आवश्यकता भएको बताउँदै आएका छन् । बेइजिङले आफ्नो सैन्य क्षमता बढाउन उन्नत चिपहरुको प्रयोग गर्न सक्छ भन्ने डरले अमेरिकाले चिनियाँ चिपहरु निर्यात रोक्ने शृङ्खला लागू गरेको थियो । यसपछि चीनले चिप उत्पादनमा थप आक्रामक बन्न खोजेको देखिन्छ । अमेरिकाले गत अक्टोबरमा एक व्यापक प्रतिबन्ध प्याकेज ल्याई उन्नत चिपमेकिङ उपकरणहरुमा चीनको पहुँचलाई कटौती गरेको थियो । त्यसपछि जापान र नेदरल्यान्डसले पनि यस्तै कदम चालिसकेका छन् । कोष निर्माणका लागि चीनको अर्थ मन्त्रालयले ६० अर्ब युआन सहयोग गर्ने योजना बनाएको बताइएको छ ।