काठमाडौं,नेपाली कांग्रेसका सह- महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टस क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भई निस्किने क्रममा उनीमाथि आज खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिकाका सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।