काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियानअन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आईएमई पेमार्फत गर्दा एक सय रुपैयाँसम्म छुट पाउन सक्ने बताइएको छ ।
सो छुट प्राप्त गर्नका लागि सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्नेछ भने इन्टरनेटको बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नुपर्ने कम्पनीले जनाएको छ । छ । अफरअन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भर जतिचोटि पनि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भर एक जना ग्राहकले एकचोटि मात्र प्रयोग गर्न पाउने बताइएको छ । आईएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।