काठमाडौं । बीवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले भव्य समारोहबीच बीमाई अटोमोबाइल्सको नाममा नयाँ सोरुम उद््घाटन गरेको हो ।
सोरुम शुभारम्भ गर्दै बीमाई अटो मोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले बीवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ सोरुम सञ्चालनमा ल्याएको बताए । ग्राहकको बढ्दो मागलाई परिपूर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बीवाईडी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
नेपालको विद्युतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बीवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ सोरुमहरू पनि सञ्चालनमा ल्याइएको छ । बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न बिवाईडीले विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको छ । बीवाईडीले नेपालभर आफ्नो सञ्जाल विस्तार गरिरहेको र वीरगञ्ज र जनकपुरमा पनि डिलरहरू नियुक्त गरेको कम्पनीको भनाइ छ ।