काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।
शुक्रबार बिहान सिंहदरबार परिसरमा निजामती सेवा दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको जानकारी दिए ।
उत्तम कटुवालले सो अवसरमा ट्रेड युनियनको तर्फबाट सम्बोधन गर्दै ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए । उनले आफूहरुको चासो सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिएका थिए ।