काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ८१ करोड ४१ लाख ४५ हजार एक सय पाँच रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ६९ करोड ७३ लाख ४२ हजार आठ सय ३७रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा १८ अर्ब ५५ करोड ५८ लाख ६४ हजार चार सय २० रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ३६ करोड ६८ लाख ७८ हजार दुई सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ६६ करोड नौ लाख ८२ हजार चार सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब ७३ करोड ९३ लाख १८ हजार दुई सय ८८ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ६१ प्रतिशत रहेको छ ।