लहान (सिरहा) । सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व. प्रदीप गिरिको पूर्ण कदको प्रतिमा अनावरण गरिने भएको छ ।
शुक्रबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको प्रथम वार्षिकोत्सवका अवसरमा उक्त प्रतिमाको अनावरण गर्ने आयोजकले जनाएको छ । ट्रष्टका अध्यक्ष भारती सिलवाल गिरिले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट आउने कार्यक्रम रहेको छ ।
लहान–१४ खुट्टी खोलाको छेउमा स्व. नेता गिरि विसं २०४६ सालपछि बस्दै आएका थिए । उक्त ठाउँलाई गिरिको आश्रम भनेर चिनिन्छ । विसं २०७४ मा उनी यस क्षेत्रका निर्वाचित सांसद पनि थिए ।
उी एक सरल र बौद्धिक नेताका रुपमा नेपाली राजनीतिक वृत्तमा चिनिन्छन् । गिरिको एक वर्ष पहिले क्यान्सर सङ्क्रमणका कारणले काठमाण्डौँको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।