नयाँ दिल्ली, वैशाख २२
भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्ने गरी ‘श्रमिक विशेष रेलसेवा’ सञ्चालनमा ल्याउन विशेष निर्देशिका जारी गरेको छ । विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा पु-याउने उद्देश्यले श्रमिक विशेष रेलसेवा सुरु गर्न लागिएको हो । यो विशेष रेलसेवाबाट कामदार, तीर्थयात्री, पर्यटक, विद्यार्थी र अन्यत्र जान नपाएर अलपत्र परेकाहरुलाई सेवा दिइने भएको छ । प्रदेश सरकारको प्रशासनको सिफारिसका आधारमा प्रदेशस्तरका रेलसेवा मात्रै सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् । तर उनीहरुका लागि निर्देशिका भने केन्द्रीय सरकारले नै जारी गरेको छ ।
केन्द्रीय रेल मन्त्रालयले केही शर्त र मापदण्डहरु समेत उल्लेख गरेर निदेर्शिका जारी गरेको समाचारमा जनाइएको छ । हरेक यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, बढीमा १२ घण्टाको मात्रै यात्रा गर्न पाइने, एक छाक खाना रेलसेवाले नै उपलब्ध गराउने निर्दे्शिकामा उल्लेख गरिएको छ ।
त्यसैगरी हरेक यात्रुलाई प्रदेश सरकारले नै जिम्मा लिनुपर्नेे, प्रदेशले नै उनीहरुलाई आवश्यकता र अवस्था अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन र बाँकी यात्राको व्यवस्था गर्नुपर्नेेछ । रेल तथा रेल स्टेसनहरुमा सामाजिक दूरीलगायतका स्वास्थ्य सतर्कता पूर्ण रुपमा अपनाउनुपर्ने शर्त पनि राखिएको छ । भारतमा सरकारले मे ३ अर्थात् आइतबारदेखि सकिन लागेको लकडाउनको अवधि फेरि लम्ब्याएर यही मे १७ सम्म पु¥याएको छ ।
अहिले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरिएको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै लकडाउन घोषणा गर्ने ठूला देशहरुमध्ये भारत अग्रस्थानमा पर्दछ । भारतमा घोषणा गरिएको लकडाउनलाई सबैभन्दा ठूलो र सबैभन्दा लामो अवधिको लकडाउन भनिएको छ । रासस/एएनआई