काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। उनले यसअघि प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन निर्देशन दिएका छन्।
एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै प्रधानमन्त्रीसँग हुने छन्। स्वकीय सचिवबाट अहिलेसम्म को जाने भनेर टुंगो लागिसकेको छैन तैपनि गंगा दाहाल नै जाने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । यस टोलीमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको नाम पनि हटाइएको छ। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जाने कार्यक्रम रहेको छ।