हेटौडा ,बागमती प्रदेशका माननीय मुख्यन्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आ.ब २०७९/८० को बार्षिक प्रतिबेदन बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्मा समक्ष पेश गरेका छन ।
नेपालको संबिधानको धारा १६० बमोजिम महान्यायाधिबक्ता हुने संबैधानिक व्यवस्था र यसको शर्त सम्बन्धी २०७५ को दफा ११ को व्यवस्था बमोजिम न्यायाधिबक्ताले आफ्नो कार्य सम्पादनको प्रतिबेदन प्रस्तुत् गरेका हुन । प्रतिबेदनमा कार्यालयले बर्षभरिमा संबैधानिक र कानुनी बिषयमा सरकारलाई दिएको सल्लाहको संक्षिप्त विवरण देखि सरकार बादी वा प्रतिवादी भै दायर भएका मुद्दा मामिला र प्रतिरक्षा गरिएको बिबरण उल्ल्लेख गरिएको छ।
नया पुराना गरि १८२ मुद्दामा फर्स्योट भएको ५५ मुद्दामा ९०.९९ प्रतिशत सफलता हासिल गरिएको प्रतिबेदनमा उल्लेख छ। कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तीमा संबिधान र कानुनले अपेक्षा गरेका कर्तब्य र जिम्मेवारीलाइ व्यवहारिक रुपमा कार्ययोजना मार्फत कार्यान्वयन गर्दै प्रदेश सरकारको हक हित र सरोकार निहित मुद्दाहरुमा प्रभावकारी बहस पैरवी गर्ने गरिएको बताइएको छ।
यसको साथै कानुनी शासनको प्रबर्धन एवं कार्यलयको संस्थागत क्षमता बिकासका सम्बन्धमा समुदायमा कानुनी शिक्षा ,सरोकार निकाय बीच समन्वयात्मक बैठक र अन्तरक्रिया लागायत बिबिध समामयिक बिषयमा तालिम एवं ,कारागार ,हिरासत कक्षका साथै बाल सुधार गृह अनुगमन लगायतका कार्यक्रम संचालन गर्ने गरिएको महान्यायाधिबक्ता कार्यालयका सुचना अधिकारी ठाकुर राम भण्डारीद्वारा जारी बिज्ञप्तिमा उल्ल्लेख छ। कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिब ओम बहादुर खड्का ,मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायाधिबक्ता श्री बासुदेब लम्साल लगायतको उपस्थिति रहेको थियो।