काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।
सो च्यालेन्ज आइतबारदेखि नै सुरु भएको टेलिकमले जनाएको छ । आगामी असोज ७ गतेसम्म सो च्यालेन्जमा सहभागी हुन सकिने बताइएको छ । विजेतालाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यसअनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।
त्यसैगरी सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई पाँच सय रुपैयाँको टप अप प्रदान गरिने छ । नेपाली महिलाहरूको महान चाड तीजलाई रमणीय बनाई टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।