एजेन्सी । मंगलबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब साढे एक प्रतिशतले बढेको छ । ओपेक प्लसका दुई प्रमुख तेल निर्यातकर्ता साउदी अरेबिया र रुसले तेल उत्पादन कटौती गरेपछि आपूर्तिमा संकुचन आउँदा भाउ बढेको हो ।
मंगलबार ‘ब्रेन्ट क्रुड फ्युचर्स’को मूल्य प्रतिब्यारेल एक दशमलव ४२ प्रतिशत बढेर ९२ दशमलव शून्य ६ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा दुई सातामा ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिब्यारेल ८२ डलरबाट बढेर ९२ डलर पुगेको छ ।
साउदी अरेबिया र रुसले अक्टोबरसम्म मात्रै उत्पादन कटौती गर्ने निर्णय परिमार्जन गरेर डिसेम्बरसम्म पु¥याएका थिए । अन्तर्राष्ट्रिय बजारमा रुसले युक्रेनमा हमाला गरेदेखि नै तेलको भाउ महँगिएको छ ।
तेलको भाउ बढ्दै जाँदा कमजोर अर्थतन्त्र भएका देशहरु बढी प्रभावित भएका छन् । युरोपमा पनि मूल्यवृद्धि बढेको छ । युरो क्षेत्रको आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण युरोपेली आयोगले गरिसकेको छ ।