काठमाडौं । डेल्टा अटोकर्प प्रालिले नेपालमा नयाँ अप्रिलिया एसआर १६० सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो सोमा यसको अनावरण गरेको हो । आधुनिक सहरी चालकको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६० उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित रहेको कम्पनीको दाबी छ ।
नयाँ अप्रिलिया एसआर १६० मा अत्याधुनिक १६० सीसीको आई–जेट इन्जिन रहेको छ । यो सात दशमलव पाँच सेकेन्डभित्रै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टा सहजै जाने बताइएको छ । यो स्कुटर पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चितका लागि बनेको कम्पनीको दाबी छ । यस उत्पादनले नेपालका विविध भूभागहरूलाई समेट्ने बताइएको छ ।
यसको निर्माता कम्पनी पियाजियो भेहिकल प्रालिले नेपालमा स्कुटरलाई सहजै पु¥याउन र बिक्रीपछिको सेवा प्रदान गर्न भेस्पा र अप्रिलियाको आधिकारिक वितरक र आयातकर्ता डेल्टा अटोकर्प प्रालिलाई नै जिम्मा दिएको छ । अप्रिलिया एसआर १६० भारतबाट सीधै आयात गरिने बताइएको छ । यो कालो, रातो, सेतो, नीलो र खरानी रंगहरूमा उपलब्ध हुनेछ । कम्पनीले यसको सुरुवाती मूल्य तीन लाख ९५ हजार नौ सय रुपैयाँ कायम गरेको छ ।