चीन । चिनियाँ विद्युतीय सवारीसाधनमा युरोपेली संघ (ईयू)ले अनुदान नदिने गरी सुरु गरेको अनुसन्धानप्रति चीनले कडा विरोध गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बिहीबार युरोपेली संघको यो कदम तत्काल सच्याउन आग्रह गर्दै कडा विरोध गरेका हुन् ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले बुधबार चीनबाट आउने विद्युतीय गाडीमा सहुलियत रोक्नेगरी अनुसन्धान सुरु गरिएको बताएकी थिइन् । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनले यस्तो उपायलाई संरक्षणवादको रुपमा लिएको र यसले चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धलाई हानी पु-याउने बताएका छन् ।
उनले चीन सधैँ खुला विचार र सहयोगी भावना राख्ने भएकाले युरोपेली अटोमोबाइल कम्पनीहरुलाई चीनमा लगानी विस्तार गर्न आग्रह गरेका छन् । उनले ईयूलाई चीनसँग वार्ता र परामर्श गर्न समेत भनेका छन् ।