काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आईएमई पेले यही भाद्र महिनाबाट सञ्चालनमा ल्याएको हो ।
यसका साथै आईएमई पेको किन लाइन बस्ने मोबाइलबाटै तिर्न सकिने कम्पनीले जनाएको छ । अफरमार्फत आईएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरी एक सय रुपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधाले धरानवासीलाई लामो लाइन बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पु¥याउने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जनाएका छन् ।
‘आईएमई पेले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।