काठमाडौं । चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यास्डरको घोषणा गरेको छ । यशोदा फुड्सले करेन्ट नुडल्स तथा स्न्याक्सको लागि नायिका केकी अधिकारीलाई ब्रान्ड एम्ब्यास्डर नियुक्त गरेको हो ।
कम्पनीले काठमाडौँमा एक भव्य कार्यक्रमको आयोजना गरी अधिकारीलाई एम्ब्यास्डर नियुक्त गरेको जानकारी दिएको थियो । कार्यक्रममा नायिका अधिकारीलगायत कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्डअन्र्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादनको सुरुवात गरेको कम्पनीले हाल विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरू उत्पादन गरी विदेशमा समेत निर्यात गर्दै आइरहेको छ ।
सुपर प्रिमियम सेगमेन्टअन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमियम सेगमेन्टअन्र्तगत करेन्ट, लालीलगायतका चाउचाउहरू उत्पादनमा छन् । त्यसैगरी प्रिमियम स्न्याक्स सेगमेन्टअन्र्तगत्, करेन्ट चिजबल, करेन्ट हट एण्ड स्पाईसी स्टिक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ, करेन्ट मखनालगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरिरहेको कम्पनीले जनाएको छ ।