सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारणसभा बुधबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा कम्पनीले विशेष साधारण सभा सम्पन्न गरेको हो ।
सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन सेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्नेलगायतका सबै प्रस्तावहरू पारित गरेको छ । कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीप्रति धन्यवाद व्यक्त गरेको छ ।