नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “हर मोडमा उमङ्ग’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘हर मोडमा उमङ्ग’ योजनाअन्तर्गत नकिन्दै टीभीएस नेपाल डट कम÷दशैँमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । हरेक महिना शतप्रतिशत क्यासब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाख रुपैयाँसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीले एक्चेन्जमा १० हजार रुपैयाँसम्म थप भ्यालुएसन तथा शून्य प्रतिशत इन्ट्रेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कुटर घर लैजान सकिने सुविधा पनि दिएको छ । त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधा पनि दिइने कम्पनीले बताएको छ । विजेताको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ पाँच बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।