काठमाडौं, वैशाख २३
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि सिम्रौनगढ नगरपालिका बारालाई आर्थिक सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत कंकालीमाई उच्च माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन व्यवस्थापनको लागि २५ हजार रूपैयाँ सहयोग गरेको हो ।
संस्थाका अनुसार जितपुर अनुगमन कार्यालयका प्रमुख राम किशोरप्रसाद कुश्वाहाले सिम्रौनगढ नगरका प्रमुख विजय शंकर यादब तथा उप–प्रमुख रिमादेवी कुश्वाहालाई उक्त चेक प्रदान गरेका हुुन् । कोरोनाको प्रकोपलाई फैलन नदिन, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नको व्यवस्थाका लागि सहयोग गरेको संस्थाले जानकारी दिएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले देशको ६१ वटा जिल्लामा एक सय २० शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।