काठमाडौँ : नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिएको छ । निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि आइतबार इजरायल लागिएको हो । चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त जहाजलाई मर्मतका लागि डेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने, इन्जिन फेरबदल गर्नको लागि १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराइसकेकाले आइतवार राति २३ः३० बजे विमानले इजरायल उडान गरेको हो । मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्टेम्बरमा जहाज काठमाडौँ अवतरण गर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगमले क्षमायाचना गरेको छ ।