काठमाडौं, सेयर बजार परिसुचक दुई हजार बिन्दुबाट पुन झरेको छ । यसअघि लगातार घट्दै आएको सेयर बजार परिसुचक गत साता भने बढेर दुई हजार बिन्दुमा उक्लिएको थियो । तर साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ४२ दशमलव १४ अंकले ओरालो लागेपछि नेप्से पुन १९ सय ६४ दशमलव ९१ बिन्दुमा खुम्चिएको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मान गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १२ अंकले ओरालो लागेर तीन सय ७८ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७८ वटा कम्पनीहरुको ७२ हजार चार सय ७७ पटक सेयर किनबेच भएको छ । जसबाट आज ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक घटेर सेयर बजार पुरै रातो देखिएको छ ।