काठमाडौं, वैशाख २३
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरूलाई सहज र सुरक्षितरूपमा घरमै सामान पु-याउने सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् ।
डिजिटल बैंकिङ अन्तरगत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगाले दराजसँग सम्झौता गरेको हो । दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षितरूपमा विनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ ।