काठमाडौं । होन्डा नेपालले हालै अत्याधुनिक पाँच सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाले जनाएको छ ।
कम्पनीका अनुसार होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरियरले यात्रुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्ने बताइएको छ । यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने बताइएको छ । दुई सय २० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै एलिभेटले एसयूभीका लागि नयाँ मानक सेट गरेको छ ।