काठमाडौं । सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३७ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएका हो । कम्पनीले जारी गर्ने साधारण सेयरको निष्काशन एवम् बिक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।