चीन । चीनले नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । नयाँ याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको हो । आइतबार दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट रिमोट सेन्सिङ उपग्रह अतरिक्षमा पठाएको हो ।

स्याटेलाइट याओगान–३९ बोक्ने लङ मार्च–टुडी रकेटले बेइजिङ समयअनुसार करिब सवा १२ बजे उडान भरेको थियो । यो प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८औँ मिसन हो ।