काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले भविष्यमा निष्काशन गर्ने हकप्रद सेयरको सम्बन्धमा परामर्श सेवासहित निष्काशन हुने हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धन गर्ने गरी एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकको उपस्थितिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुका साथै सम्बन्धित नियमनकारी निकायमा हकप्रद सेयर निष्काशन प्रक्रियाअगाडि बढाउँदा आवश्यक पर्ने कागजात र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद सेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरणहरू तयार गरी नेपाल धितोपत्र बोर्डमा ‘हकप्रद सेयर निष्काशनसम्बन्धी विवरणपत्र’ स्वीकृतिका लागि पेश गर्नेलगायतका हकप्रद सेयर निष्काशनसम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गरिदिने जानकारी कम्पनीले दिएको छ ।