काठमाडौँ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ ।

शिक्षक आन्दोलनका कारण उक्त बैठकमा नेताहरु समयमै आउन नसक्ने कारणले गर्दा बैठक स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।